काठमाण्डौ। पोखरा फाइनान्स लिमिटेडको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ। 

सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि पोखरा फाइनान्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो। सम्झौतामा पोखरा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ र प्रभु क्यापिटलका तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका छन्। 

आज पुस ५ गतेदेखि लागू हुने गरी पोखरा फाइनान्सले प्रभु क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको हो।

सेयर राजिस्ट्रारका रुपमा प्रभु क्यापिटलले पोखरा फाइनान्सको धितोपत्र कारोबा सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्नेलगायतका कार्यहरु गर्नेछ।