काठमाण्डौ । पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नेहरुको संख्या बढ्न थालेको छ। यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर सञ्चालनमा आएसँगै फेवाताल घुम्न जाने पर्यटकहरुमा फोनपेप्रति आकर्षण बढेको हो। 

फोनपे र फेवाताल डुंगा व्यवसायी संघसँगको सहकार्यमा केही दिनअघि फोनपेमार्फत भुक्तानी गर्न सकिने सेवाको सुरुआत गरिएको थियो। बाराहीघाटमा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल र फोनपेका सिइओ दिवस सापकोटाको उपस्थितीमा एक कार्यक्रमबीच क्यूआर भुक्तानी सेवाको सुरुवात गरिएको थियो। 

सोही कार्यक्रममा मनोरञ्जन प्रदान गर्न बोटिङ प्रतिस्पर्धा आयोजना गरिएको थियो भने फोनपेका ब्रान्ड एम्बेसेडर सन्दीप क्षेत्रीले मनोरञ्जन प्रदान गरेका थिए।  

फोनपेले यतिबेला चाडवाड लक्षित विभिन्न अफरहरुसमेत सञ्चालन गरिरहेको छ। 

यसैगरी क्यूआरमार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङको आकर्षक मोबाइल फोन जित्न सक्नेछन्। मर्चेन्टहरुको यो योजना कात्तिक १२ गतेसम्म सञ्चालन हुनेछ। 

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका  मोबाइल एपबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ। 

यसैगरी फोनपे डाइरेक्टमार्फत मोबाइल नम्बर राखी कुनै पनि बैंकको बैंक खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिन्छ। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्। 

यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन्। १ करोड ५० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ।