काठमाण्डौ । दोश्रो चरण अन्तरगत मंसिर २१ गते निर्वाचन सम्पन्न रहेका क्षेत्रमध्ये काठमाण्डौमा समेत बाम गठबन्धनकै अग्रता हुनसक्ने देखिएको छ । 

काठमाण्डौको क्षेत्रनम्बर ५ को सुरुवाती मतगणनाको क्रममा प्रतिनिधिसभातर्फ एमालेका उम्मेद्वार ईश्वर पोखरेलले निकटतम प्रतिदन्दीको भन्दा दोब्बर मतले अग्रता लिएका छन् । 

यो क्षेत्रको ११ सय मत गन्दा पोखरेलले ६ सय ८० मत ल्याएका छन् । उनलाई कांग्रेसका प्रकाशशरण महतले २ सय ९८ मतले पछ्याइरहेका छन् । यो क्षेत्रमा विवेकशील साझा पार्टी तेश्रो स्थानमा देखिएको छ । सो पार्टीका संयोजकमध्येका एक उज्वल थापाले ८० मत प्राप्त गरेका छन्।