काठमाण्डौ । दोश्रो संविधानसभा निर्वाचनमा माओवादीका अध्यक्ष प्रचण्डलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका एमालेका लिलानाथ श्रेष्ठ विजयी भएका छन् । 

उनी सिरहा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । 

२०७० सालमा भएको संविधानसभाको दोश्रो निर्वाचनमा भने श्रेष्ठ सिरहा ५ बाट प्रचण्डसँग हारेका थिए । सो बेला समेत उनले जित्ने अवस्था रहे पनि एमालेसँगको रातारातको सहमतिपछि सुनियोजित रुपमा प्रचण्डलाई जिताइएको चर्चा अहिले पनि एमाले वृत्तमा हुने गरेको छ । 

शीर्ष नेतालाई सिरहा ५ छाडेर महत्वपूर्ण योगदान गरेका उनै श्रेष्ठलाई जनताले यसपटक सांसद निर्वाचित गरेका हुन् । 

उनले २३ हजार २ सय ७२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका अशेश्वर यादवले २१ हजार २० मत मात्रै प्राप्त गरे ।