काठमाण्डौ । नेपाली युवा प्रज्ज्वल ताम्राकारलाई १५औँ मिस्टर इन्टरनेसनल २०२३ मिस्टर कन्जेनिलिटी विजेताका भएका छन्।

सेप्टेम्बर ८ देखि १७ सम्म थाइल्यान्डको बैंककमा आयोजित १५औँ मिस्टर इन्टरनेसनल २०२३ मा नेपालको प्रतिनिधिका रुपमा प्रतिस्पर्धा गरी नेपाली युवा प्रज्ज्वल ताम्राकारलाई मिस्टर कन्जेनिलिटी अवार्ड प्रदान गरिएको हो। 

३६ देशबाट ३६ जना सहभागी भएको प्रतिस्पर्धामा नेपालका तर्फबाट प्रज्ज्वल ताम्राकार सहभागी भएको थिए।  प्रतियोगितामा उनले प्रारम्भिक चरणमा ‘लाखे’लाई राष्ट्रिय पोसाकका रुपमा प्रस्तुत गरेका थिए। 

सहभागी प्रतिस्पर्धी उम्मेदवारमध्ये सबैभन्दा मिलनसार, आकर्षक व्यक्तित्व र महत्वाकांक्षी उम्मेदवार रहेको भन्दै ताम्राकारलाई मिस्टर कन्जेनिलिटी अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ। ताम्राकारले सेप्टेम्बर ११ मा थाइल्याण्डको अयुथयामा भएको १५औँ मिस्टर इन्टरनेसनलको परम्परागत रनवेमा नेपालको परम्परागत पोसाकका रुपमा ‘दौरा–सुरुवाल’ प्रस्तुत भएका थिए। सो पोसाकको डिजाइनले नेपालको हिमाल, पहाड र तराई क्षेत्र र ती क्षेत्रमा बसोबास गर्ने विभिन्न जातीय समूहलाई प्रतिनिधित्व गर्दछ।  यसले नेवारी संस्कृति र नेपाल दुवैको प्रतिनिधित्व गर्दछ।

ताम्राकारलाई बैंककमा अवतरणको क्रममा नेपालको राष्ट्रिय कवजसहित स्वागत गरिएको थियो। ३६ देशबाट प्रत्येक १ जना सहभागी भएको प्रतियोगितामा थाइल्यान्ड पहिलो, भनेज्वयला दोस्रो र ब्राजिल तेस्रो भएका थिए।