काठमाण्डौ । प्रदेश नम्बर १ मा एमालेका लालकिल्लाहरु कांग्रेसले भत्काउने खतरा बढेको छ । मतगणनाको क्रममा कांग्रेसले सुरुवाती अग्रतालाई कायमै राख्दै अगाडि बढेपछि र आफ्नै पकड क्षेत्र भनिएका वडाहरुमा समेत एमालेले अपेक्षित मत नल्याएपछि लालकिल्लाहरु भत्किने खतरा बढेको हो ।
शनिवार बिहानसम्मको मतपरिणाम अनुसार प्रदेश नम्बर १ का एमालेका लालकिल्ला मानिने मुख्य शहर इटहरी र धरान उपमहानगरपालिकामा कांग्रेसले सुरुवाती अग्रतालाई कायमै राखेको छ । एमालेकै लालकिल्ला मानिएको मोरंगको कोशी हरैंचामा समेत कांग्रेसले अग्रता लिइरहेको छ ।
इटहरीको ताजा मतपरिणाम अनुसार कांग्रेस उम्मेद्वार रोहित प्रसाईले २९८२ मत ल्याएका छन् भने उनलाई एमालेका मेयरका उम्मेद्वार दवारिकलाल चौधरीले २५५६ मतले पछ्याइरहेका छन् । उपमेयरमा पनि कांग्रेस उम्मेद्वार विमला ढकाल(शिवाकोटी)कै अग्रता छ । उनले २९१४ मत प्राप्त गरेकी छिन् । उनलाई एमालेकी लक्ष्मी गौतमले २६०३ मतले पछ्याइरहेकी छिन् ।
एमालेको पकड क्षेत्र मानिएको वडानम्बर १ मा कांग्रेसको प्यानलले नै जित हासिल गरिसकेको छ । यस्तै, एमालेकै पकड क्षेत्रको रुपमा रहेको वडानम्बर ३ मा समेत कांग्रेसकै वडाअध्यक्ष अगाडि छन् । यहाँ कांग्रेसका वडाअध्यक्षका उम्मेद्वारले एमालेको भन्दा १ सय बढी मत ल्याइसकेका छन् ।
वडानम्बर २, १८ र १९ मा भने एमालेका वडाअध्यक्षका उम्मेद्वार अगाडि छन् । यी वडाहरुबाट वडाअध्यक्षका उम्मेद्वारलाई भन्दा मेयरलाई कम मत आएको छ ।
उता, एमालेकै लालकिल्ला मानिएको सुनसरीको धरानमा समेत कांग्रेसको सुरुवाती अग्रता कायमै छ । कांग्रेसका मेयरका उम्मेद्वारले १८३९ र उपमेयरका उम्मेद्वारले १८२९ मत ल्याएका छन् । एमालेले मेयर र उपमेयरमा १५६७ र १६३३ मत ल्याएको छ ।
एमालेकै लालकिल्लााको रुपमा परिचित मोरंगको सुन्दर हरैंचा नगरपालिकामा समेत कांग्रेस अगाडि बढेको छ । यो क्षेत्रमा कांग्रेसले मेयरमा ४११४ मतसहित अग्रता हासिल गरेको छ । एमालेले मेयरमा ३९५१ मत पाएको छ । उपमेयरमा भने एमाले अगाडि छ । एमालेले ४०१९ मत पाएको छ भने कांग्रेसका उपमेयर उम्मेद्वारले २९१० मत पाएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago