काठमाण्डौ । आफ्नो विप्रेषणको दायरा विस्तार गर्ने सिलसिलामा प्रभु बैंक लिमिटेडले अस्ट्रेलियाको Forex Sport Pty Ltd सँग रेमिट्यान्स सेवासम्बन्धी सम्झौता गरेको छ। 

अस्ट्रेलियामा बसोबास गरिरहेका नेपालीले अब फोरेक्स स्पोर्टमार्र्फत नेपालमा रहेका आफन्त तथा इष्टमित्रलाई नेपालभरि रहेका प्रभु बैंकका २१४ वटा शाखा तथा प्रभु रेमिट्यान्सका १६ हजारभन्दा बढी एजेन्टहरुबाट सहजै भुक्तानी पाउन सक्नेछन्। यसका साथै यो सेवा प्रभु बैंकको खातामा मात्रै सीमित नभई देशका अन्य बैंक तथा वित्तीय संस्थाहरुको खातामा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ।

यस सम्झौताले विशेषगरी विदेशमा रहेका नेपालीहरुले गुणस्तरीय रेमिट्यान्स तथा बैंकिङ सेवा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ।

हाल बैंकले देशभर २१४ वटा शाखा कार्यालय, ५८ भन्दा बढी एक्सटेन्सन काउन्टर र १८९ वटा एटीएमबाट १५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।