काठमाण्डौ । प्रभु बैंक लिमिटेड र सर्लाहीस्थित सीता प्यालेस होटेलबीच मंगलबार विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। 

बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख मनोजकुमार साह र सीता प्यालेस होटेलका तर्फबाट प्रबन्धक मुकुन्दप्रसाद घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले सीता प्यालेस होटेलद्वारा सञ्चालित ‘फुड’ र ‘वेभरेज’ सेवामा १० प्रतिशत र ‘लजिङ’ सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्। 

सम्झौताअन्तर्गत सीता प्यालेस होटेलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा सीता प्यालेस होटेलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ। यो सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकको विश्वास छ।