काठमाण्डौ । प्रभु बैंक लिमिटेड, आर एन्ड डी इन्नोभेटिभ सोलुसन र इनफिकेयर प्रालिबीच किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ।
सम्झौतापत्रमा आर एन्ड डी इन्नोभेटिभ सोलुशनकी प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफूकी, इनफिकेयरका निर्देशक सविन मानन्धर र प्रभु बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार किसानलाई सहज ढंगले वित्तीय कर्जा उपलब्ध गराउन प्रभु बैंक, आर एन्ड डी इन्नोभेटिभ सोलुसन र इनफिकेयरबीच त्रिपक्षीय सम्झौता भएको हो। यस साझेदारीको मुख्य उद्देश्य किसानको व्यवसाय विकास र विस्तारमा केन्द्रित गर्ने रहेको छ।
यसका साथै समाजमा उच्चस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य लिई ३६५ शाखा कार्यालय, ७१ एक्सटेन्सन काउन्टर तथा ३०९ एटीएमसहित फराकिलोे पहुँच रहेको प्रभु बैंकले उक्त सम्झौताअनुरुप किसानलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19