काठमाण्डौ । प्रभु बैंक लिमिटेड र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई), डच आन्टरप्रेरिनल डेभलपमेन्ट बैंक (एफएमओ) र स्विस एजेन्सी अफ डेभलपमेन्ट एन्ड कर्पोरेसन (सीडीसी)द्वारा संयुक्त रुपमा स्थापना भएको नाथन एसोसिएट्स लन्डन लिमिटेडद्वारा कार्यान्वयन गरिने कार्यक्रम इन्भेस्टमेन्ट अफर इम्प्याक्ट नेपाल (आईआईएन)सँग इन्भइरोमेन्ट सोसल एन्ड गभर्नेस (ईएसजी एन्ड इन्भेस्टमेन्ट रिडिनेससम्बन्धी सहकार्यका लागि सम्झौता भएको छ।
नाथन एसोसिएट्सका उपसभापति बुद्धिका सामारासिङ्घेको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र आईआईएनका तर्फबाट नाथन एसोसिएट्स लन्डनका नेपाल प्रतिनिधि विवेक श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
यस सम्झौतापश्चात प्रभु बैंक र आईआईएनको संयुक्त सहकार्यबाट नेपाललगायत विश्वभर इन्भइरोमेन्ट सोसल एन्ड गभर्नेस (ईसीजी)को बढ्दो महत्वलाई अझ विस्तृत रुपमा स्पष्ट पार्ने विश्वास बैंकले लिएको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago