काठमाण्डौ । प्रभु बैंक लिमिटेड धुलिखेल शाखा र धुलिखेल डेन्टल केयर प्रालिबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकका ग्राहकले धुलिखेल डेन्टल केयरबाट सेवा लिएबापत बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोडबाट भुक्तानी गर्दा सबै उमेर समुहका ब्यतिmको दाँतको उपचार शुल्कमा २० प्रतिशत छुट पाउनेछन्। सम्झौतापत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र डेन्टल केयरका प्रबन्ध सञ्चालक अमिर हमालले हस्ताक्षर गरेका छन्।
प्रभु बैंकले काभ्रे जिल्लामा ८ वटा शाखा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, पाँचखाल, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दे आएको छ। “विश्वास लिन्छौँ, विश्वास दिन्छौँ” भन्ने नाराका साथ शक्तिशाली, मजबुद, प्रगतिशील र विश्वसनीयताका साथ नयाँ उचाइमा रहेको प्रभु बैंकले आधुनिक प्रविधिका माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
हाल बैंकको कुल शाखा ३०१ पुगेको छ भने ७१ वटा एक्सटेन्सन काउन्टर २६ वटा शाखारहित बंैकिङ र २७५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago