काठमाण्डौ । प्रभु मनि ट्रान्सफरले आफ्नो रेमिट कार्य सेवालाई बढाउँदै तथा आफ्ना ग्राहकलाई सहज तथा सरल तरिकाले रकम पठाउन र प्राप्त गर्न वेस्टर्न युनियन मनि ट्रान्सफरसँग सम्झौता गरेको छ।

सम्झौतापत्रमा वेस्टर्न युनियन नेटवर्क (आयरल्यान्ड) लिमिटेडका प्रतिनिधि एलेन तथा प्रभु मनिका ट्रान्सफरका जनरल म्यानेजर रामेश्वर सापकोटले हस्ताक्षर गरेका छन्। 

यो सम्झौतासँगै अब ग्राहकले विदेशमा वेस्टर्न युनियनबाट पठाएको रकम प्रभु मनि ट्रान्सफरमार्फत नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्था, सहकारी तथा वालेटहरुमा रहेको ग्राहकहरुको खातामा तुरुन्तै जम्मा हुनेछ। 

यस कार्यबाट ग्राहकलाई अझ सहज तरिकाले रकम प्राप्त हुने जानकारी प्रभु मनि ट्रान्सफरका जनरल म्यानेजर सापकोटले दिए।