काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले त्रिभुवन विश्वविद्यालय अन्तरगतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबीए तथा एमबीएममा अध्ययनरत विद्यार्थीका लागि सेयर बजारसम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ। 

कार्यक्रम जेठ ९ गते सुरु भई जेठ ११ गतेसम्म चलेको थियो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट अन्तरगत एमबीए तथा एमबीएममा अध्ययनरत करिब ६० जना विद्यार्थीको सहभागिता थियो। 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत सेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा सेयर बजारसँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। 

वर्कसप तथा तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र रिसर्च हेड अविरल नेपालले गरेका थिए।