काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकले बुटवलको दियालो फुडल्यान्डमा आकर्षक छुट पाउने भएका छन्। 

छुट सम्झौतामा बैंकका तर्फबाट खैरेनी शाखा कार्यालय प्रमुख सरोज ज्ञावली र दियालो फुडल्यान्डका तर्फबाट प्रबन्ध निर्देशक मदन भण्डारीले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले दियालो फुडल्यान्डद्वारा सञ्चालित रेस्टुरेन्ट एन्ड पार्टी प्यालेसमा ‘फुड’ मा १५ प्रतिशत र ‘वेभरेज’मा १० प्रतिशत छुट प्राप्त हुने भएको छ। 

सम्झौताअन्तर्गत दियालो फुडल्यान्डमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा दियालो फुडल्यान्डका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने भन्ने बैंकले विश्वास लिएको छ।