काठमाण्डौ । KUSOM Finance Club ले आयोजना गरेको इन्टरकलेज स्टक पिचिङ कम्पिटिसनको मुख्य प्रायोजक प्रभु क्यापिटल रहेको छ।
सेयर बजारसम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले प्रभु क्यापिटलको सहयोगमा भएको यो प्रतियोगिता काठमाण्डौ युनिर्भसिटी धुलिखेलमा भएको हो।
प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा सेयर सचेतना अभिवृद्धिका लागि समयसमयमा विभिन्न वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। सोहीअन्तर्गत भएको उक्त प्रतियोगितामा विभिन्न कलेजका ११ टिमले भाग लिएका थिए। जसमा प्रतियोगीले नेप्सेमा सूचीकृत भएका कम्पनीहरुमध्ये ‘बाई’ अथवा ‘सेल’का लागि विभिन्न फन्डामेन्टल र टेक्निकल एनालिसमा आफ्नो प्रस्तुति दिएका थिए।
उक्त कार्यक्रममा जज प्यानलका रुपमा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा रहुनका साथै KUSOM कलेजका असिस्टेन्ट प्रोफेसर पवनकुमार झा तथा रमेश घिमिरे रहेका थिए।
प्रतियोगितामा टिम ‘स्टक जेम्स’ पहिलो विजेता भए भने दोस्रो विजेता टिम ‘स्वीप्रबी’ घोषित भएका छन्। प्रतियोगितामा प्रथम विजेता टिमलाई प्रभु क्यापिटलको रु. १० हजारबराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिएको छ भने दोस्रो विजेता टिम रु. ५ हजारबराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago