काठमाण्डौ । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ।
यही मिति ३१ साउन २०७९ का दिन प्रभु क्यापिटल तथा एक्सप्रेस इट्सबीचमा सम्झौता भएको छ। यस योजनाअन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस इट्सबाट अनलाइन अर्डर गरी सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन्।
यो योजनाबाट लाभ लिन ग्राहकले चेक आउट या बिल पेमेन्ट गर्दा प्रोमो कोडमा “PRABHUCAP10” उल्लेख गर्नुपर्नेछ।
यसैगरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को विशेष अफरअन्तर्गत रोडहाउस पिज्जा बत्तीसपुतलीबाट समेत सेवा लिँदा १० प्रतिशत छूट पाउने भएका छन्। यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट या बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्नेछ।
हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19