काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आउँदै गरेको बडादसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गरी विदेशमा दुःख गरी आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपका रुपमा जम्मा गर्दा उच्च ब्याज पाइने ‘प्रभु उन्नति मुद्दति खाता’ ल्याएको छ। यो खातामा बैंकले वार्षिक १५.१३ प्रतिशत दिनेछ। 

त्यसैगरी प्रभु उन्नति बचत खातामा वार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ।  

उक्त ब्याजदरले विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने र विप्रेषणका माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन पे्ररणा प्रदान गरी देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

यो योजना आगामी असोज १ गतेदेखि लागू बैंकले जनाएको छ।