काठमाण्डौ । प्रभु बैंक लिमिटेड र पोखरास्थित पश्चिमाञ्चल डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। 

सम्झौतापत्रमा बैंकका तर्फबाट हरिचोक शाखा कार्यालय प्रमुख सुनीता गुरुङ र पश्चिमाञ्चल डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक पुरुषोत्तम सुवेदीले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले पश्चिमाञ्चल डाइग्नोस्टिक एन्ड रिसर्चद्वारा सञ्चालित ल्याबोरेटोरिज डाइग्नोस्टिक टेस्टमा २५ प्रतिशत, नर्मल एन्ड स्पेसल अल्ट्रासाउन्डमा १० प्रतिशतका साथै क्रिटोलोजी सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ।

सम्झौताअन्तर्गत पश्चिमाञ्चल डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टरमा सुविधा लिन चाहने ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको हो। 

यो सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकले विश्वास लिएको छ।