काठमाण्डौ । प्रभु बैंक लिमिटेड र वीरगन्जस्थित दियालो लर्डस् प्लाजाबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
बैंकका तर्फबाट प्रदेश २ मुख्य व्यवसाय केन्द्र अधिकारी भूषण गुप्ता र दियालो लर्डस् प्लाजाका तर्फबाट महाप्रबन्धक शैलेज तेरीद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। प्रभु बैंक र उक्त होटेलबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले दियालो लर्डस् प्लाजाद्वारा सञ्चालित ‘फुड, वेभरेज, डाइनिङ र रुम सर्भिस’ सेवामा १५ प्रतिशत र ‘ट्यारिफ कार्डको स्पेसल रुम रेट सेवामा’ २५ प्रतिशतका साथै ‘कन्फेरेन्स/डिनर प्याकेजको ब्याङ्क्विट रेटमा’ २० प्रतिशत छुट प्राप्त हुने भएको छ।
उतm सम्झौताअन्तर्गत दियालो लर्डस् प्लाजामा सुविधा लिन चाहे प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, दियालो लर्डस् प्लाजाका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुुनेमा बैंक विश्वस्त छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago