काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले साबिकमा सञ्चालन गरिरहेको ‘प्रभु मोबाइल बैंकिङ’ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नत्ति गरी थप बैंकिङ सुविधासहित ‘डिजी प्रभु’ नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ।
बैंकले पुस १६ गतेदेखि सञ्चालनमा ल्याएको डिजी प्रभुमार्फत ग्राहकले आफूले चाहेको समयमा जुनसुकै स्थानबाट मोबाइल, ट्याबलेट वा ल्यापटपका माध्यमबाट प्रभु बैंकले उपलब्ध गराएका विभिन्न डिजिटल बैंकिङ सेवाहरु उपभोग गर्न सक्नेछन्। उपलव्ध सेवाहरु उपभोग गर्नका लागि बैंकका हालका मोबाइल बैंकिङ प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एपलाई अपडेट गरी तथा नयाँ प्रयोगकर्ताले एप्पल स्टोर वा गुगल पेस स्टोरबाट एपलाई डाउनलोड गरी प्रयोग गर्न सक्नेछन्।
आधुनिक र नवीनतम प्रविधि प्रयोग गरेर बनाइएको मोबाइल बैंकिङ एपको नयाँ संस्करण ग्राहकले सजिलै वेब ब्राउजर https://digiprabhu.prabhubank.com का माध्यमबाट समेत प्रयोग गर्न सक्नेछन्। यसमार्फत ग्राहकले निम्न बैंकिङ सुविधाहरुको लाभ लिन सक्नेछन्–
उपरोक्त बैंकिङ सुविधाहरुका अतिरिक्त डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङमार्फत क्यूआर कोड स्क्यान गरी भुक्तानी पाउनेलगायतका सेवाहरु पनि ग्राहकले उपभोग गर्न सक्नेछन्। डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई छिटो तथा सहज रुपमा बैंकिङ सुविधा उपलब्ध गराउने लक्ष्य लिई आगामी दिनमा मोबाइल बैंकिङ सेवामा थप सुविधाहरु क्रमशः डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने, कार्डसँग सम्बन्धित विभिन्न सेवा थप गरी बैंकिङ सेवालाई अझ बढी प्रभावकारी, प्रविधिमैत्री र ग्राहकमैत्री बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको छ।
ग्राहकमैत्री प्रविधिहरु भित्र्याउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ सेवाहरु जस्तै– अनलाइनबाट बचत तथा मुद्दति खाता खोल्न सकिने, बिना कुनै झन्झट फोनलोन सेवाको उपभोग गर्न सकिनेजस्ता सुविधाहरु पनि आफ्ना ग्राहकलाई प्रदान गर्दै आइरहेको छ। सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले हाल देशभर २१७ वटा शाखा, १९४ वटा एटीएम, ६३ वटा एक्सटेन्सन काउन्टर तथा ७०० भन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago