काठमाण्डौ । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई फोहरमैला व्यवस्थापन गर्ने प्रयोजनका लागि टाटा एसको हाइड्रोलिक हपर टिपर गाडी प्रदान गरेको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीलाई उक्त गाडीको साँचो हस्तान्तरण गरेका हुन्। उक्त गाडी दैनिक सञ्चालनका लागि बैंकले एकजना चालकलाई एक वर्षको पारिश्रमिकबापत रु. ३ लाख रकमसमेत उपलब्ध गराउनेछ। 

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालगायत कोषका परिषद् सदस्य तथा अन्य पदाधिकारी, बैंकका चिफ मार्केटिङ अफिसर मञ्जयराज पाण्डेलगायतको उपस्थिति थियो।

उक्त हाइड्रोलिक हपर टिप्पर गाडी प्रदान गर्ने कार्यले कोषलाई पशुपति क्षेत्रवरपरको फोहरमैला व्यवस्थापनमा सहयोग पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ।