 
                     
                                
                             
                                    काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेड र एन्ट फाउन्डेसनबीच सम्झौता सम्पन्न भएको छ ।
कम्पनीले आगामी नोभेम्बर २८ मा एन्ट फाउन्डेसनले गर्न लागेको क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रममा ऐक्यबद्घता जनाउँदै सामाजिक उत्तरदायित्व कोषमार्फत् आर्थिक सहयोग गरी एकाआपसमा सहकार्यको सम्झौता गरेको हो ।सम्झौतामा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र एन्ट फाउन्डेसनका फाउन्डर प्रशान्त ताम्राकारले हस्ताक्षर गरेका छन् ।
प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तरगतको प्रोडक्टहरु मध्ये ‘प्रभु ऐश्वर्या योजना’ मा आबद्व भएका महिलाहरुबाट प्राप्त भएको पहिलो वर्षको वार्षिक सेवा शुल्कबाट ५० प्रतिशत सेवा शुल्क बराबरको रकमसाथै सो योजनाबाट प्राप्त हुने मुनाफाबाट २० प्रतिशत बराबरको रकम फाउन्डेसननलाई सहयोग गर्ने भएको छ ।
महिला सशक्तिकरण तथा महिलामा हुने ब्रेष्ट क्यान्सर सम्बन्धी सचेतनामूलक कार्यक्रमका लागि सामाजिक सुरक्षा दायित्व अन्र्तगत सहयोग गर्ने कम्पनीले बताएको छ ।
महिलाहरुलाई केन्द्रित गरी सञ्चालित यो लगानी व्यवस्थापन सेवामा महिला ग्राहकहरुले न्यूनतम ३ लाख रुपैयाँबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्नेछन् ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19