काठमाण्डौ । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष छूटको अफर ल्याएको छ ।

कम्पनी र आगन्तुक रिसोर्टका बीचमा छूट अफरका लागि सम्झौता भएको छ । आइतबार भएको उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा आगन्तुक रिसोर्टको तर्फबाट मार्केटिङ्ग डाईरेक्टर  सुरज बिष्टले हस्ताक्षर गरेका हुन् ।

जसअनुसार रिसोर्टबाट सेवा लिंदा सबै सेवाहरुमा १५ प्रतिशत छूट अफर पाइने कम्पनीले बताएको छ ।