काठमाण्डौ । प्रभु क्यापिटलले भैरहवामा अवस्थित सिद्धार्थनगर सिटी हस्पिटलसँग आफ्ना हितग्राही ग्राहकलाई सेवामा छूट दिन व्यवसायिक सम्झौता गरेको छ । 

सम्झौतापत्रमा कम्पनीको तर्फबाट सञ्चालन प्रमुख बसन्ता उपाध्याय तथा सिद्घार्थगर सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरेका हुन् । आइतबार गरिएको उक्त सम्झौता आगामी दुई वर्षका लागि लागू हुनेछ ।

सम्झौता अनुसार कम्पनीका डिम्याट ग्राहकले सिद्घार्थगर सिटी हस्पिटलबाट चिकित्सा सेवा लिंदा हस्पिटलले दिंदै आएको ओपीडी टिकेट्स, ल्याब इन्भेष्टिगेसन,एक्स- रे,यूएसजी/ ईसीजी, जेनरल बेड चार्ज, क्याविन आईसीयू/ एनआईसीयू/सीसीयू, अपरेसन चार्ज, सीटी स्क्यान,फिजियोथेरापी आदि सेवाहरुमा १० देखि १५ प्रतिशतसम्म छूट पाउने छन् ।

ग्राहकले आफ्नो डिम्याट कन्फरमेसन तथा परिचय पत्र देखाई अस्पतालबाट पाउने प्रिभिलेज कार्डमार्फत् उक्त अफरको लाभ लिन सक्नेछन् ।

कम्पनीले हितग्राही( डिम्याट) खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध  रहेको बताएको छ ।