काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज सोमबार चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आफ्नो १९६ औँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकको कुरिनटार शाखा कार्यालयको उद्घाटन इच्छाकामना गाउँँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले एक समारोहबीच गरिन् । अध्यक्ष गुरुङले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताइन् । उनले प्रभु बैंकको यो अभियानले बैंकिङ पहुँचमा वृद्धिमात्र नभएर समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको भन्दै सफलताको कामना गरिन् ।

उद्घाटन कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवी, स्थानीय सर्वसाधारणलगायतको उपस्थिति थियो।