काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुली जिल्लाको तीनकुनास्थित भानुभक्त माध्यमिक विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने अभिप्रायले १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको छ।
गत फागुन ४ गते विद्यालयमा आयोजित एक समारोहबीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरलले ती सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा नेताद्वय शशि श्रेष्ठ र लीलामणि पोखरेलको विशेष उपस्थिति थियो।
त्यसैगरी कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यालयमा अध्यापनरत शिक्षकशिक्षिका, विद्यार्थीलगायत अभिभावकको समेत उपस्थिति थियो।
बैंकले हस्तान्तरित कम्प्युटर तथा प्रिन्टरका माध्यमबाट विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुग्ने विश्वास लिएको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै विभिन्न समाजपयोगी कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएको बैंकले आगामी दिनमा आफ्ना सामाजिक क्रियाकलापलाई निरन्तरताका लागि प्रतिबद्ध रहेको जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago