काठमाण्डौ । शाखा विस्तारमा निकै आक्रामक देखिएको प्रभु बैंक लिमिटेडले रसुवाको गोसाईकुण्ड गाउँपालिकाको टिमुरेमा आफ्नो १९८ औँ शाखा शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ ।
टिमुरे शाखाको उद्घाटन गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले गरे। तामाङले प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । उनले प्रभु बैंकको यो अभियानले बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको उल्लेख गर्दै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे।
उद्घाटन कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवीलगायतको उपस्थिति थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19