काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले चाडपर्वलक्षित डबल धमाका अफर सार्वजनिक गरेको छ। 

बडादसैँ, तिहार तथा छठपर्वको उपलक्ष्यमा प्रभु क्यापिटलले आफ्ना ग्राहकलाई लक्षित गर्दै यो अफर सार्वजनिक गरेको हो। यस अफरअन्तर्गतमा प्रभु क्यापिटलमा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्न र निःशुल्क सेयर बजारसम्बन्धी तालिम लिन सकिनेछ। 

प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्नेमध्ये भाग्यमानी १० जना ग्राहकलाई यो योजनाअन्तर्गत छनौट गरिनेछ। यसरी छनौट भएका भाग्यमानी ग्राहकलाई खाता खोलिसकेपछि रु. १९९ मा २५ प्रतिशत टीडीएस कट्टा गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिनेछ।

यसका साथै यसरी दैनिक छनौट भएका १० जना भाग्यमानी ग्राहकलाई प्रभु क्यापिटले प्रत्येक साता शनिबारको दिन पारेर साताभरिबाट छनौट भएका ७० जना ग्राहकलाई सेयर बजारसम्बन्धी आधारभुत तालिम प्रदान गर्नेछ। जसमा नेपालको सेयर बजारसम्बन्धी महत्वपूर्ण जानकारीसहित बेसिक फन्डामेन्ट तथा टेक्निकल विश्लेषण, सेकेन्डरी बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने विषयसम्बन्धी विषयवस्तुहरु रहनेछन्। यस्तो तालिम २ घन्टादेखि ३ घन्टाको हुनेछ। 

यस योजनामा नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फारम भरेर तथा प्रभु क्यापिटलको वेवसाइटबाट अनलाइनमाध्यमबाट डिम्याट खाताको लागि आवेदन दिपर्नेछ। रकम फिर्ता लिनका लागि ग्राहकले इसेवा, प्रभु पे, आइएमई पेलगायत स्वीकृत प्राप्त कुनै पनि वालेट प्रदान गर्नुपर्नेछ। 

यो योजनाको अवधि असोज १८ गतेदेखि कात्तिक २५ गतेसम्म हुनेछ। यो योजनाको अन्त्यमा योजना अवधिभरी खुलेका सबै डिम्याट मध्येबाट भाग्यमानी २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पीएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क रहनेछ। 

दैनिक विजेताहरुको सूची १ दिनपछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत सार्वजनिक गरिनेछ।