काठमाण्डौ। प्रभु क्यापिटल लिमिटेड र नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनबीच नेपालमा ब्रेस्ट क्यान्सर न्यूनीकरणका लागी सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौता अनुसार प्रभु क्यापिटलले नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनसँग ‘दि पिंक रिबन क्याम्पेन’ सञ्चालन गर्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहकार्य गर्नेछ। सम्झौतामा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली र नेपाल ब्रेष्ट क्यान्सर फाउन्डेसनका तर्फबाट डा. सुजिता हिराचनले हस्ताक्षर गरेका छन्।
नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसन नेपालमा ब्रेस्ट क्यान्सरसम्बन्धी रोगको न्यूनीकरणका लागि कार्यरत गैरमुनाफामुखी संस्था हो। यसले ब्रेस्ट क्यान्सर न्यूनीकरणका लागि विभिन्न सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। फाउन्डेसनले ब्रेष्ट क्यान्सर न्यूनीकरण तथा चेतना अभिवृद्धिका लागि ‘वेयर दि पिंक रिबन क्याम्पेन’, ‘पिंक रिबन वाक’, ‘पिंक रिबन फ्लास मोब’, ‘ब्रेस्ट क्यान्सर स्क्रिनिङ मेडिकल क्याम्प’, लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सम्झौताअन्तर्गत प्रभु क्यापिटलले प्रभु ऐश्वर्य लगानी व्यवस्थापन योजनामा ग्राहकको लगानी व्यवस्थापन गरी क्यापिटलले आफूले प्राप्त गरेको आम्दानीबाट फाउन्डेसनलाई सहयोग गर्नेछ। प्रभु ऐश्वर्य लगानी व्यवस्थापन योजना महिलाहरुको महान चाड तीजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी उनीहरुको आर्थिक सशक्तीकरण र वित्तीय स्वतन्त्रतामा सहयोग पुर्याउने उद्देश्यका साथ सुरु गरिएको योजना हो। यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकले वार्षिक व्यवस्थापन शुल्कमा ५० प्रतिशत छुट साथै न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सक्नेछन्।
यो योजनाका विशेषताहरु–
प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरि रहेको शाखाबाट यो योजनामा सहभागी हुन सक्नेछन्। यसरी सहभागी भएका सेवाग्राहीहरुले आफ्नो लगानी व्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिक रुपमा दिइएको ई–मेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको छ। यो सेवाका बारेमा थप जानकारी लिन चाहने सेवाग्राहीले प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com का साथै फोन नं. ०१–५९७०२०० तथा मोबाइल ९८४००७६२०० मा सम्पर्क गर्नसक्नेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago