काठमाण्डौ । विगत २१ वर्षदेखि ज्ञानको क्षेत्र (शिक्षा, तालिम र परामर्श) मा आबद्ध केएफएले आफ्नो नारा ‘भिजन वियोन्ड द बक्स’ लाई आत्मसाथ गर्दै नेपाली शिक्षा जगतमा विकसित मुलुकमा प्रमाणित विभिन्न नयाँ अध्ययन विधि लागू गर्दै आएको छ। जसलाई पिलर अर्थात् स्तम्भका रुपमा नामकरण गरिएको छ।
यहाँ पढाइ हुने एमबीए प्लसमा १२ पिलर छन् भने बीएचएमअन्तर्गत १० पिलर छन्। यस्तै यसै वर्षदेखि सुरुआत हुन लागेको बीसीएसआईटीमा पनि ९ पिलर राखिएका छन्।
यी सबै पिलरको उद्देश्य शैक्षिक पाठ्यक्रमबाहेक अरु सीप र अवसर प्रदान गर्नु हो। जसले विद्यार्थीको समग्र विकासमा सहयोग पुर्याई काम र शिक्षाबीचको सीपको अन्तर कम गर्न ठूलो भूमिका खेल्ने यहाँको सीईओ किश्लय झाको दाबी छ।
व्यावसायिक तालिम र परामर्शबाट बटुलिएका अनुभवका आधारमा यस्ता स्तम्भको निर्माण गरिएको झा बताउँछन्। एमबीएअन्तर्गत एकैपटकमा दुई शिक्षकले पढाउने, विद्यार्थीको क्षमता पहिचान गराई त्यहीअनुरुपको करिअरमा लाग्न प्रोत्साहित गर्ने, विद्यार्थीकै अग्रसरतामा प्लेसमेन्ट सेल सञ्चालन गर्ने, कर्पोरेटलाई नजिकबाट नियाल्ने अवसर प्रदान गर्नेजस्ता विभिन्न रचनात्मक विधि केएफएमा मात्र रहेको उनी बताउँछन्।
यस्तै बीएचएमअन्तर्गत सैद्धान्तिक र प्रयोगात्मक शिक्षासँगै लग्ने, विभिन्न सीपमूलक तालिम प्रदान गर्ने, वास्तविक अनुभवका लागि ठूला होटेलमा लैजाने, काम गर्ने अवसर प्रदान गर्नेजस्ता महत्वपूर्ण पिलर रहेका छन्। भर्चुअल अफिस स्थापना गरी नेटवर्क र सेकुरिटी सिक्ने, कम्पनीमै गई स्थलगत अनुभव लिने, साइबर सुरक्षाको क्षेत्रमा अपडेटेड राख्न विभिन्न तालिम प्रदान गर्ने, व्यवस्थापनका गुण सिकाउनेजस्ता विभिन्न अन्य पिलरले बीसीएसआईटी पनि आकर्षक बनेको छ।
पिलरहरु र यसको फाइदाका बारेमा बुझ्न ०१–४४९१४१४ मा सम्पर्क गर्न सकिनेछ। यसका साथै एमबीए, बीएचएम वा बीसीएसआईटीका लागि एडमिसन पनि गराउन सकिनेछ।
कोभिडले पारेको प्रभावलाई मध्यनजर गर्दै यहाँ कोभिड विशेष छुटका साथै अन्य छात्रवृत्तिको पनि व्यस्था गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago