काठमाण्डौ । नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनका लागि यही साउन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने भएको छ।
एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा स्तरोन्नति गर्नका लागि काम अघि बढाउन लागिएको कम्पनीले जनाएको छ। यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको केबलकार सञ्चालन हुने कम्पनीको भनाइ छ।
चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको कम्पनीले जारी गरेको सूचीमा उल्लेख छ। स्तरोन्नतिकार्य अष्ट्रियाका प्राविधिकहरुले गर्नेछन्।
स्तरोन्नति कार्य करिब ५ देखि ६ हप्तामा सम्पन्न हुने कम्पनीले जनाएको छ। यस अवधिभर केबलकार सेवा बन्द रहे पनि बेस स्टेसनमा रहेको रेष्टुरेन्ट भने चालु रहने सूचनामा जानकारी गराइएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19