काठमाण्डौ । प्राइम कमर्सियल बैंकले भूकम्प पीडितहरुको तत्काल राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति भएकोमा दुख ब्यक्त गरेको छ ।

साथै कम्पनीले विनाशकारी भूकम्पको चपेटामा परी दिवंगत आत्माको चिर शान्तिको कामना तथा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै उपचाररत सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।