काठमाण्डौ । प्राइम कमर्सियल बैंक कर्मचारी संघको तेस्रो केन्द्रीय अधिवेशन हालै काठमाण्डौमा सम्पन्न भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त अधिवेशनले बुद्धि राज पोखरेलको अध्यक्षतामा १३ सदस्यीय र्निविरोध कार्यसमिति चयन गरेको छ । पोखरेल १० वर्षदेखि संघमा आवद्ध रहेका छन् ।

समितिमाको उपाध्यक्ष्माा धन बहादुर गोले,महासचिवमा शैलेश उप्रेती, सचिवमा बालकृष्ण राउत, कोषाध्यक्षमा राजेश मानन्धर चयन भएका छन् । 

यसैगरी, वरिष्ठ केन्द्रीय सदस्यमा दामोदर ढुङ्गाना, केन्द्रीय सदस्य (खुल्ला) बिवेक दली, मिलन विक्रम बस्नेत, राजेश दाहाल, रेवन्त राज नेपाल तथा केन्द्रीय सदस्य (महिला) स्वेज्ना राजभण्डारी, मोनालिसा मल्ल र रुचिमा लोप्चन निर्वाचित भएका छन् ।