काठमाण्डौ । प्राइम एशोसिएट्स प्रालि एपोलो इन्फ्राटेक ग्रूपको नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त भएको छ ।
विगत लामो समयदेखि अटोमोवाइल, रोड, ब्रिज कन्सट्रक्सन उपकरणको बिक्री वितरण गर्दै आएको उक्त कम्पनी अब एपोलो इन्फ्राटेक ग्रूप, इटालीको जोइन्ट भेन्चर विथ कार मिक्स, युकेको पार्कर प्लान्ट लिमिटेड, इन्डियाको एपिटेक, जर्मनीको जेनिथ र युएसएको Hawkeye Pedershaabको नेपालका लागि अधिकृत बिक्रेता नियुक्त भएको हो ।
अधिकृत बिक्रेता नियुक्त भएसँगै अब कम्पनीले विभिन्न उत्कृष्ट र विश्वका अत्याधुनिक प्रविधि प्रयोग गरी उत्पादन गरिएका निर्माण सम्बन्धि अत्याधुनिक उपकरण, प्लान्ट तथा पार्टपूर्जाहरू बिक्री गर्ने बताएको छ ।
उक्त कम्पनी अन्तर्गत, विगत ४० वर्षदेखि रोड कन्सट्रक्सन उपकरणमा अग्रणी स्थानमा रहेको एपोलो गुजरातले हाल विश्वको विभिन्न देशहरू, नेपाल, भुटान, बंगलादेश, श्रीलंका तथा अफ्रिकामा आफ्ना उत्पादनहरू विक्रीवितरण गर्दै आएको छ । कम्पनीले सन् २००८ देखि Concrete र Asphalt सम्बन्धि उपकरणहरूको पनि उत्पादन सुरु गरेको हो ।
गुणस्तरीय मेसिनको बिक्री पश्चात कम्पनीले आफ्ना ग्राहकहरूलाई उक्त उत्पादनमा एक वर्षको वारेन्टीसहित सम्पूर्ण स्पेयर पार्टस्हरू सुलभ मूल्यमा उपलब्ध गराई मर्मत सम्भारको समेत सेवा प्रदान गर्ने व्यवस्था मिलाएको पनि बताएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19