काठमाण्डौ । प्राइमला इफइन्स्योरेन्स कम्पनी लिमिटेडले अर्घाखाँचीको सितगंगा नगरपालिका–२ सीतापुर स्थायी घर भई सन्धिखर्क नगरपालिका–१ मा इलेक्ट्रोनिक्स व्यवसाय गर्दै आएका स्वर्गीय प्रेमबहादुर क्षेत्रीको परिवारलाई जीवनबीमाबापतको मृत्यु दाबीभुक्तानी रकम कागजात पूरा भएको ४ दिनमै हस्तान्तरण गरेको छ।
कोरोनाका कारण युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारकै क्रममा गत मंसिर ३ गते प्रेमबहादुरको मृत्यु भएपश्चात उनकी पत्नी केसरा क्षेत्रीले गत मंसिर २४ गते कम्पनीमा निवेदन दिएकी थिइन् र आवश्यक सम्पूर्ण कागजात पुस १६ गते पूरा गरेकी थिइन्। उनले प्राइम लाइफमा रु. २ लाख १ हजारमात्रको बीमा गरेका थिए। उनले कम्पनीमा ३ किस्ताबापत रु. ४९ हजारमात्र बुझाएका थिए।
प्रेमबहादुरको मृत्युपश्चात मृत्यु दाबीभुक्तानीबापतको रकम रु. २ लाख ३७ हजार ९८४ मध्ये उनको यस वर्षको किस्ता रकम भुक्तानी नगरेकोले सोबापतको रकम रु. १६ हजार ३५२ कट्टा गरी बा“की रकम रु. २ लाख २१ हजार ६३२ कम्पनीले केसरा क्षेत्रीको बैंक खातामा हिजो पुस २० गते सीधै भुक्तानी गरिएको कम्पनीको अर्घाखाँची कार्यालयका प्रमुखनारायण घिमिरेले जानकारी दिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago