काठमाण्डौ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना साझेदार ऋणी लघुवित्त संस्थाका कर्जा विभागमा कार्यरत कर्मचारीका लागि कर्जा व्यवस्थापन गोष्ठि तथा कर्जाको जोखिम व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया काठमाण्डौमा सम्पन्न गरेको छ। 

लघुवित्तको कर्जा लगानी तथा असुली कार्यमा फ्रन्ट लाइनमा रहेर कार्य गर्ने फिल्ड सहायकहरुका अनुभव आपसमा आदान–प्रदान गराई कर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा विभिन्न लघुवित्त वित्तीय संस्थाका ३८ जना फिल्ड सहायकहरुको सहभागिता थियो। 

त्यसैगरी लघुवित्त क्षेत्रमा हाल बढ्दो क्रममा रहेको कर्जाको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक कानुनी तथा अन्य उपयुक्त रणनीति पहिचान गराउने उद्देश्यका साथ कर्जाको जोखिम व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया पनि संस्थाले सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न लघुवित्त वित्तीय संस्थाका २५ जना कर्जा विभाग प्रमुखहरुको सहभागिता थियो। 

कर्जाको कानुनी जोखिम पक्षबारे सहभागीसँग अन्तरक्रियामा  बैंकिङ कानुनविज्ञ विद्याकान्त आधकारी र भोलानाथ ढुंंगानाले सहजीकरण गरेका थिए।