काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना साझेदार ऋणी लघुवित्त तथा सहकारी संस्थाका शाखा प्रमुखसँगको एकदिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। 

लघुवित्त तथा सहकारी संस्थाको शाखा र सेवा केन्द्रमा रहेर कर्जा लगानी तथा असुलीको कार्य गरिरहेका शाखा तथा सेवा केन्द्र प्रमुखहरुको अनुभव एक आपसमा आदान प्रदान गराउने उद्देश्यका अन्तर्क्रिया आयोजना गरिएको थियो। 

बाँकेको नेपालगन्जमा बुधबार सम्पन्न कार्यक्रममा सुदुर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशअन्तर्गतका लघुवित्त तथा सहकारी संस्थाका २८ जना शाखा तथा सेवा केन्द प्रमुखहरुको सहभागिता थियो।