काठमाण्डौ । फिनटेक सेन्टर नेपालले विभिन्न बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कार्यकारीहरुको सहभागितामा शुक्रबार डिजिटल बैंकिङसम्बन्धी कार्यशाला सम्पन्न गरेको छ।
कार्यशालाका स्रोतव्यक्तिका रुपमा आईटीविज्ञ तथा डिजिटल इन्टरप्राइज आर्किटेक्ट विवेक राणा थिए। उनको कार्यपत्र प्रस्तुतीकरणअनुसार नेपालमा डिजिटल बैंकिङमा कसरी सहज सरल र अझ विश्वसनीय ढंगले सुविधा प्रदान गर्न सकिन्छ भन्नेमा केन्द्रित थियो।
प्रथमसत्रमा डिजिटल बैंकिङ ड्राइभर र डिजिटल इको सिस्टम इन नेपालसम्बन्धी प्रस्तुतीकरण, दोस्रो सत्रमा डिजिटल स्ट्राटिजिज र डिजिटल बैंकिङसम्बन्धी परिचय तथा अवधारणा प्रस्तुतीकरण, तेस्रो सत्रमा सेटिङ अप डिजिटल बैंकिङ प्रस्तुतीकरणका साथै डिजिटल बैंकिङसम्बन्धी केस स्टडिज र सहभागीहरुबाट प्रस्तुतिकरण रहेको थियो।
कार्यशाला बिहान ९ बजेदेखि दिउँसो ५ः३० बजेसम्म सञ्चालन भएको थियो।
डिजिटल बैंकिङ रणनीति र अवसरबारे बृहत एकदिने कार्यशाला नेपालमै पहिलोपटक आयोजना भएको आयोजक तथा फिनटेक सेन्टर नेपालका अध्यक्ष मिलनराज नेपालीले जानकारी दिए। उनका अनुसार कार्यशालामा बैंक तथा वित्तीय संस्थाका कार्यकारी, विभाग प्रमुख, वरिष्ठ प्रबन्धक र डिजिटल बैंकिङमा चासो राख्ने भेन्डर तथा परामर्शदाताको सहभागिता थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago