काठमाण्डौ । फुजिमा आयल कम्पनी प्रालिले देशभरि नै महिलाहरुमा हुने स्तन क्यान्सरको निःशुल्क परीक्षण गराउने भएको छ।

आज अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा एक पत्रकार सम्मेलन गरी कम्पनीले यो वर्षभरि नै नेपालभर रहेका दिदीबहिनीहरुमा देखिने स्तन क्यान्सरको निःशुल्क परीक्षणका लागि आफ्नो उत्पादन कन्ट्रोल लुब्रिकेन्ट्समा प्रतिलिटर रु. १ छुट्याउने घोषणा गरेको हो। कम्पनीले आज विराटनगरको विराट अस्पतालमा ५० जना महिलाको निःशुल्क स्तन क्यान्सर परीक्षण गराएर यस अभियानको सुरुआत पनि गरेको छ। 

ग्लोबल क्यान्सर अब्जरभेटरी सन् २०२० को तथ्यांक अनुसार नेपालमा ९.६० प्रतिशत महिलामा क्यान्सर रोग पाइएको छ। जनगणना २०७८ अनुसार कुल जनसंख्थाको ५१.५ प्रतिशत महिलाको संख्या रहेको छ। जुन १ करोड ३६ लाख ४४ हजार ६ सय ६९ हुन आउँछ। त्यसमध्ये ९.६० प्रतिशत महिलामा स्तन क्यान्सर रहेको एक अध्ययनले देखाएको छ। 

क्यान्सरको यस भयावह अवस्थालाई नेपाली दिदीबहिनीको जीवनरक्षाका लागि समयमै अस्पताल पुगी परीक्षण गराउन प्रत्साहनस्वरुप फुजिमा आयलले यस अभियानलाई सुरुआत गरेको हो। 

यस्तै करिब तीन दशकदेखि आफ्नो उत्पादनको उच्च गुणस्तरका कारण उपभोक्ताको मन जित्न सफल कन्ट्रोल लुब्रिकेन्ट्सको उत्पादक कम्पनी फुजिमा आयलले आफ्नो उत्पादनमा प्रयोगपछिको समेत ग्यारेन्टीका लागि आफ्नो उत्पादनहरु कन्ट्रोल लुब्रिकेन्ट्स, म्याजिक प्लस लुब्रिकेन्ट्स र रोयल लुब्रिकेन्ट्स तथा ग्रिजमा नेपालमै पहलोपटक product liability insurance गराएको छ। इन्स्योरेन्सअन्तर्गत फुजिमा आयलको उत्पादनहरु कन्ट्रोल लुब्रिकेन्ट्स, म्याजिक प्लस लुब्रिकेन्ट्स र रोयल लुब्रिकेन्ट्स तथा ग्रिज प्रयोगपछि इन्जिनमा कुनै समस्या आएको प्रमाणित भएमा इन्स्योरेन्समार्फत क्षतिपूर्ति दिने व्यवस्था गरिउको हो। 

नेपालको लुब्रिकेन्ट र ग्रिज उत्पादन गर्ने कम्पनीमध्ये क्षतिपूर्ति दिने फुजिमा आयल पहिलो र एकमात्र कम्पनी पनि हो।