काठमाण्डौ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ। जसमा ‘फोनपे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २ हजार ५०० सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ। 

यसका साथै दैनिक सबैभन्दा बढी रिफर गर्नेले १ हजार रुपैयाँ प्राप्त गर्न सकिन्छ। यस योजनामा २०७८ असार ३१ गतेसम्म सबैभन्दा बढी रिफर गर्नेले १० हजार रुपैयाँ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

यस योजनाको बम्पर उपहारमा ३ जनाभन्दा बढीलाई रिफर गर्नेमध्येबाट गोला प्रथामार्फत १ लाख रुपैयाँ जित्न सकिनेछ। अफर एपबाट रिफर गर्नका लागि ‘फोनपे अफर एप’ डाउनलोड गर्नुपर्नेछ। यो एप डाउनलोड गरी लगइन गर्नेहरूमध्ये एकजनाले आइफोन १२ जित्न सकिन्छ।

फोनपे अफर एपमार्फत च्यालेन्ज एसेप्ट गरी विभिन्न किसिमका भुक्तानी गर्दा दैनिक १ हजार र साप्ताहिक रूपमा २ हजार रुपैयाँ जित्न सकिने पनि कम्पनीले जनाएको छ। फोनपे अफर एपमा विभिन्न व्यवसाय तथा मर्चेन्टले दिएका अफर तथा छुटहरूबारे जानकारी पाउन सकिन्छ। फोनपे अफर एपमा भुक्तानी गर्दा पाएको रिवार्ड प्वाइन्टबाट विभिन्न सामान पनि किन्न सकिन्छ। 

फोनपे पेमेन्ट सर्भिस नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैक तथावित्तीय संस्था आबद्ध छन् भने ३ लाख ५० हजारभन्दा बढी मर्चेन्ट रहेका छन्। १ करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्तातथा ४५ लाख बढी भुक्तानी सेवाप्रदायकका मोबाइल एपमार्फत  यसले सेवा प्रदान गर्दै आएको छ।

फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’ पीसीआई डीएसएस भी थ्री.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो।