काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख सञ्चालन अधिकृत (सीओओ) मा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन्। नवनियुक्त सीओओ ठकुरीलाई एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले स्वागत गरे।
ठकुरीसँग नबिल बैंकमा काम गरेको १८ वर्षभन्दा धेरैको अनुभव रहेको छ। ठकुरीसँग कार्ड तथा डिजिटल पेमन्टको क्षेत्रमा दशक लामो अनुभव रहेको छ।
ठकुरीसँग सेल्स एन्ड मार्केटिङ, सञ्चालन तथा जोखिम व्यवस्थापन क्षेत्रको समेत ८ वर्षभन्दा बढीको अनुभव छ। ठकुरीको आगमनसँगै फोनपको सेवा थप सहज बनाउन सहयोग पग्ने अपेक्षा गरिएको छ।
डिजिटल नेपालको परिकल्पना गर्दै २ वर्षअगाडि स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजारभन्दा बढी मर्चेन्ट रहेका छन्। बैंंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन्।
दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन्। फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’ पीसी आईडी एसएस भी थ्री.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19