काठमाण्डौ । फोनपे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै १ लाख’ उपहार योजना सार्वजनिक गरेको छ।
देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले यो योजना ल्याइएको फोनपेले जनाएको छ। फोनपेको नेटवर्कमा आबद्ध भइसकेका र आबद्ध हुन चाहने सानाठूला सबै व्यवसायलाई समेट्ने यो योजना आज साउन १३ गतेदेखि ३ महिनासम्म सञ्चालन हुनेछ।
यस योजनामा हरेक दिन क्यूआरआर्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट) ले हरेक दिन १ लाख रुपैयाँ जित्न सक्नेछन्। यस योजनामा फोनपेमार्फत भुक्तानी लिने देशभरका मर्चेन्टहरूको सहभागिता हुनेछ।
यस योजनामा सहभागी हुनका लागि फोनपे बिजनेसमा रजिस्ट्रर भएको हुनुपर्नेछ भने उपहार योजनामा सहभागि हुनका लागि फोनपेमार्फत दैनिक भुक्तानी लिएको हुनुपर्नेछ। फोनपे बिजनेसमा आबद्ध हुन फोनपे बिजनेस एप डाउनलोड गरी आफ्नो व्यवसायको प्यानमार्फत आफैँ रजिस्ट्रर हुन सकिन्छ।
यसका साथै नजिकै रहेको बैंक तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनीमार्फत पनि मर्चेन्ट बन्न सकिनेछ।
यस योजनामा हरेक दिन बिहान १२ बजेदेखि राति ११ः५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुनेछन्। यो योजनाका विजेता लक्की ड्रमार्फत छनोट गरिनेछ र विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोनपे बिजिनेसको फेसबुक लाइभमार्फत गरिने फोनपेले जनाएको छ।
यो योजनामा फोनपेमार्फत धेरै भन्दा धेरै कारोबार गर्ने व्यवसायीहरुले जित्ने सम्भावना बढी रहन्छ।
पmोनपे नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आबद्ध छन् भने ४ लाख ५० हजारभन्दा बढी मर्चेन्ट रहेका छन्। १ करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवाप्रदायकका मोबाइल एपमार्फत यसले सेवा प्रदान गर्दै आएको छ।
फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड ‘पीसीआई डीएसएस भीथ्री.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19