काठमाण्डौ। कोरोनाभाइरसको प्रभावले फोन पेको जारी ‘पैसा लिने र तिर्ने दुबई उड्ने’ योजना स्थगित भएको छ।
विश्वव्यापी महामारी निम्त्याएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड नगर्न गरेकोे निर्देशनअनुसार फोन पे उपहार योजना कमिटीले अर्को सूचना जारी नभएसम्मका लागि यस उपहार योजना तत्कालका लागि स्थगित गरेको हो। स्वास्थमा पर्ने जोखिमलाई मध्यनजर गर्दै दुबई भ्रमण ट्रिप जित्ने विजेतालाई समेत वर्तमान विकराल अवस्था नियन्त्रणमा आएपछि मात्र भ्रमण गराइने बताइएको छ।
गत जनवरी २ तारिखदेखि सुरु भएको फोन पेको योजना ११ हप्तासम्म सफल रूपमा सम्पन्न भएको छ। योजनाअन्तर्गत हालसम्म चारजनाले दुबई ट्रिप, २२ जनाले २५ हजार रुपैयाँबराबरको स्मार्ट फोन, दैनिक उपहार योजनाअन्तर्गत ३८५ जना ग्राहकले शतप्रतिशत क्यासब्याक पाएका छन् भने ३८५ जना मर्चेन्टले आकर्षक उपहार प्राप्त गरेका छन्।
फोनपेले आफ्ना अन्य सेवा तथा सुविधा निरन्तर रूपमा पूर्ण क्षमताका साथ जारी राख्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago