काठमाण्डौ। नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको फोनपे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्सफर गर्दा रु. १० मात्र सेवा शुल्क लाग्ने भएको छ। 

फोनपे डाइरेक्टमार्फत रु. १०० देखि रु. २ लाखको रकम ट्रान्स्फर गर्दा अबदेखि मात्र रु. १० शुल्क लाग्ने भएको हो। यसअघि रकमको परिणामअनुसार शुल्क लाग्दै आएको थियो। 

यो शुल्क नेपालमा अन्तरबैंक करोबार गर्दा लाग्ने सबैभन्दा कम शुल्क हो। फोनपेले शुल्क घटाएसँगै डिजिटल कारोबारमा अर्को ठूलो माइलस्टोन मिल्ने अपेक्षा गरिएको छ। 

फोनपेमार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाईल नम्बर उल्लेख गरेर सहजै रकम पठाउन सकिन्छ। फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एपमा रहेको सेन्ड मनी अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम पठाउन सकिन्छ।

फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन्। 

यस्तै फोनपेमा हालसम्म ५ लाखभन्दा बढी मर्चेन्ट रहेका छन्। १ करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवाप्रदायकका मोबाइल एपमार्फत  यसले सेवा प्रदान गर्दै आएको छ।

फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड ‘पीसीआई डीएसएस भीथ्रि.टु.वान’ प्रमाणीकरण प्राप्त संस्था हो।