काठमाण्डौ । नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड आईएसओ २७००१ः२०१३ बाट प्रमाणिकरण हुन सफल भएको छ। 

फोनपेले आफ्नो सेवामा उच्च गुणस्तरीयता प्रदान गरेको हुनाले आईएसओ (इन्फरमेसन सेक्युरिटी म्यानेजमेन्ट) २७००१ः२०१३ बाट प्रमाणपत्र पाएको हो। यस किसिमको प्रमाणीकरणले फोनपेको दायराअन्तर्गत गरिएका सबै कारोबार सुरक्षित रहेका छन् र भुक्तान गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिबद्ध छ भन्ने कुराको थप प्रमाणित गरेको छ।

आईएसओबाट प्रमाणीकरण भएसँगै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, ‘फोनपे आमग्राहकले सुरक्षित तवरले कारोबार गर्न सकुन् भन्ने कुरामा प्रतिबद्ध छ। त्यसका लागि फोनपेले निरन्तर आफ्नो पूर्वाधारमा लगानी गरिरहेको छ। आउँदा दिनमा पनि हामी निरन्तर ग्राहकको सुरक्षामा केन्द्रित हुँदै दैनिक जनजीवन सहज बनाउने किसिमका सेवा ल्याउँदै जानेछौँ।’

यस्तै फोनपेका हेड अफ सेक्युरिटीका आस्लम अलीले भने, ‘आईएसओको प्रमाणीकरणले हाम्रा ग्राहक र कम्पनीको डाटा सुरक्षाका लागि हाम्री प्रतिबद्ध छौँ भन्ने देखाउँछ। यसमा सम्पूर्ण कर्मचारीको प्रयास र योगदान समावेश छ। त्यसैले आज हामी यो भन्न पाउँदा गर्व गर्छौँ कि सुरक्षा र डाटा संरक्षणका लागि जागरुकता एउटै विभागमा सीमित छैन तर हाम्रो कर्पोरेट संस्कृतिमा निहीत छ।’

फोनपले यसअघि पनि  डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्रस् डाटा सुरक्षा मापदण्ड’ (पीसीआई डीएसएस भीथ्रीटुवान) प्रमाणीकरण प्राप्त गरिसकेको छ। 

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ। यसका साथै फोनेमार्फत अन्तरबैंक फन्ड ट्रान्सफर, हब पेमेन्टलगायतका कारोबार गर्न सकिन्छ। 

फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन्। 

यस्तै फोनपेमा हालसम्म करिब ७ लाख मर्चेन्ट रहेका छन्। १ करोड ४० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ।