काठमाण्डौ । फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण तीव्र देखिएको छ।
हाल फोन लोनको सुविधा ३ वटा वाणिज्य बैंकले दिएका छन्। हालसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोनबाट ऋण लिन सकिने सुविधा प्रदान गरेका छन्।
नेपालमा पहिलोपटक सुरु भएको फोन लोनमार्फत १०० दिनमा १ हजार जनाले ऋण लिएका छन्। एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तीव्र आकर्षण देखिएको हो।
बैंकमा खाता भएका व्यक्तिहरूले आवश्यकताअनुसार ऋण मोबाइलबाट लिन सक्नेछन्। बैंकमा नियमित कारोबार गरेका र क्रेडिट हिस्ट्र राम्रो रहेका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिन्छ।
बैंकले २ लाख रुपैयाँसम्म यस्तो लोन दिने गरेका छन्। बैंकमा खाता भएका व्यक्तिहरूले आफ्नो मोबाइल बैंकिङमार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ। यसका लागि बैंंकसम्म जानुपर्ने तथा धितो राख्नुपर्ने झन्झट हुँदैन। ऋण लिन इच्छुक ग्राहकले कुनै कागजी प्रक्रिया बिना नै आफ्नो मोबाइल बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्ने छन्।
बिना धितो र बिना कागजी प्रक्रिया तत्कालै ऋण पाइने भएकाले यसमा आकर्षण निकै बढेको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए। उनले भने, ‘एफवान सफ्टले जहिलेपनि आम मानिसको दैनिकीलाई सहज र सरल बनाउने किसिमका प्रविधिको निर्माण गर्दछ। यसैक्रममा हामीले फोनबाटै लोन लिन सकिने प्रविधिको विकास गयौँ। जसलाई बैंकहरूले एडप्ट गगरेका छन्।’
यो सुविधामा अहिले बैंकहरुमा आकर्षण निकै देखिएको छ। आगामी दिनमा अन्य बैंकहरूमा पनि यो सुविधा थप हुँदै जाने शर्माको विश्वास छ।
एफवान सफ्ट नेपालको सबैभन्दा ठुलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी हो। कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविकिो निर्माण गरेको छ।
यस्तै एफवान सफ्टले इसेवा र फोनपेजस्ता मोबाइलमार्फत हुने भुक्तानीको विकास गरेको छ। एफवान सफ्ट ग्रुपले १ हजारभन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी प्रदान गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19