काठमाण्डौ । हिमालय अर्गनाइजेशन पोखराअन्तर्गतको फोर्स मोटर्सको शोरुम हेटौंडाको सानोपोखारामा शुभारम्भ भएको छ ।

शोरुमको आइतबार एक कार्यक्रमका बीच मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल र आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुब थापाले संयुक्त रुपमा उद्घाटन गरे। प्रदेश नं.३ को राजधानी हेटौंडामा साना सार्वजनिक सवारीहरुको माग उच्च रहेको र स्थानियमा फोर्स गाडीको माग बढेकोले  फोर्सको शाखा हेटौंडामा विस्तार गरिएको बताइएको छ ।

कम्पनीले महान चाड बिजयादशमी, दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै आइतबारबाटै ग्राहक बर्गलाई विशेष छुटको योजना ल्याएको अध्यक्ष थापाले बताए । कम्पनीका अनुसार दसैँतिहारमा फोर्स मोटर्सका गाडी खरिद गर्ने ग्राहकहरुले अधिकतम ४ लाखसम्मको छुट तथा विषेश उपहारहरु प्राप्त गर्न सक्ने बताइएको छ ।

फोर्स ब्राण्डका गाडीहरु बढी टिकाउ हुने, ईन्धन किफायती र आरामदायीका लागि प्रख्यात छन् । यो गाडीहरुमा ३ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी सुविधाका साथै ६ पटकसम्म नि:शुल्क सर्भिस सुविधा पनि उपलब्ध रहेको बताइएको छ ।

बिगत ५ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा फोर्स ब्राण्डका गाडीहरु आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे ट्रयाक्स क्रुजर जिप बिक्री गर्दै आइरहेको छ भने कार्गो किङ पिकप, ट्राभलर बस, मिनिबसहरु तथा एम्बुलेन्स पनि नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।

यो गाडीको काठमाण्डौंको गैरिधारामा र पोखराको चाउथेमा आफ्नै शोरुम रहेको छ । देशभर २२ वटा डिलर तथा सर्भिस नेटवर्कबाट फोर्स विक्री भइरहेको प्रबन्ध निर्देशक निरन केसीले बताए । विक्रीसगै बिक्रीपछिको सेवाका साथै सहज रुपमा स्पेयर पार्टसहरुको उपलब्धतालाई आयाम इन्टरकन्टिनेन्टलले प्रमुख प्राथमिकतामा राखेको जनाएको छ ।