काठमाण्डौ। फोर्स गुर्खा 4x4x4 को टेस्ट ड्राइभ क्याम्पियन पोखरामा उत्साहजनक  सहभागिताका साथ आज फागुन २२ गते सम्पन्न भएको छ।

नेपालमा हिमालय अर्गनाइजेसनअन्तर्गत फोर्स मोटर्सको आधिकारिक आयातकर्ता तथा विक्रेता रहेको आयाम इन्टरकन्टिनेन्टल प्रालिले पोखरा चाउथेमा टेस्ट ड्राइभ क्याम्पियन गरेको थियो। सो अवधिमा उत्साहजनक रुपमा ६७ जना सहभागी भई टेस्ट ड्राइभ गरेका थिए। 

अफरोड भेइकल भएकोले टेस्ट ड्राइभ क्याम्पियनलाई अझ प्रभावकारी वनाउनका लागि कम्पनीले अफरोड ड्राइभ ट्रयाकको समेत व्यवस्था गरेको थियो। 

टेस्ट ड्राइभ क्याम्पियनमा सहभागी ग्राहकको फोर्स गुर्खा 4x4x4 प्रतिको आकर्षण बढेको जानकारी गराएका छन्। 

यो टेस्ट ड्राइभ क्याम्पियनपश्चात छिट्टै नेपालको काठमाण्डौं, चितवन, झापा, इटहरीलगायत विभिन्न सहरमा टेस्ट ड्राइभ क्याम्पियन सञ्चालन गर्ने कम्पनीले जनाएको छ।