काठमाण्डौ । फोर नाइन बागलुङ ज्वेलर्सले काठमाण्डौको न्युरोडमा शाखा सञ्चालनमा ल्याएको छ।
‘शुद्धता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित फोर नाइन बागलुङ ज्वेलर्सले न्युरोडस्थित व्यापारिक भवन महर्जन कम्प्लेक्सबाट सेवा सुरु गरेको हो। करिब १० वर्षअगाडि बागलुङबाट ज्वेलरीको काम सुरु गरेको थियो।
चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्क र नारायणगढको मिलनरोड मार्फत सेवा दिँदै आएको उक्त पसलले काठमाण्डौका ग्राहकलाई मध्यनजर गर्दै न्युरोडमा तेस्रो शाखा संचालनमा ल्याइएको ज्वेलर्सका अध्यक्ष अमिर सुनारले जानकारी दिए। उनी भन्छन्, ‘बागलुङ ज्वेलर्सका ग्राहकहरु काठमाण्डौमा पनि छन्। आफ्नो क्षेत्रका ग्राहकहरुको माग पूरा गर्ने, छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यसहित नयाँ शाखा विस्तार गरिएको हो।’
उक्त पसल १० करोडको लगानीमा सञ्चालनमा आएको सुनार बताउँछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago