काठमाण्डौ। कोका–कोला नेपालले आफ्नो पेय पदार्थको सूचीमा सबैभन्दा नयाँँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ।

अब नेपाली उपभोक्ताले यो क्रिस्प स्पार्कलिङ पेय पदार्थका साथमा हरेक पल रिफ्रेस अनुभव गर्न सक्नेछन्। नयाँँ स्वादसँगै फ्यान्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ। जसले उपभोक्ताको जीवनमा रमाइलो र उत्साह थप्ने कम्पनीको उद्देश्यलाई प्रतिविम्बित गरेको छ।

यो भिडियो फ्यान्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा हो। जसमा डिजिटल भिडियोहरु, प्रिन्ट विज्ञापनहरु र OOH (आउट अफ होम) आदि समावेश छन्।

लन्चका बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर श्री आदर्श अवस्थीले भने, ‘फ्यान्टा त्यस्तो मानिसहरुका लागि हो। जसलाई रमाइलो गर्न मन पर्छ। यो नयाँँ फ्यान्टा एप्पलले दैनिकको जीवनमा थोरै भए पनि ताजगी र स्फुर्ती ल्याउन सहयोग गर्छ। नेपाली उपभोक्ताले यसलाई मन पराइदिनुहुनेछ भन्ने कुरामा हामी उत्साही छौँ।’

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘हामी उपभोक्ताको बद्लिँदो स्वाद र रोजाइअनुसार उहाँँहरुलाई रिफ्रेस रहिरहनका लागि थप विकल्पहरु दिन सधैँ प्रयासरत छौँ। हाम्रा खुद्रा बिक्रेताहरु पनि फ्यान्टा एप्पललाई उपभोक्तामाझ पुर्याउन निकै उत्साहित हुनुहुन्छ।’

यो सँगै नेपालमा अब फ्यान्टाको अरेन्ज र एप्पल गरी २ वटा फ्लेभर उप्लब्ध हुनेछ। फ्यान्टा एप्पल २५० एमएल र ५०० एमएलको प्याकमा नेपालभर उपलब्ध छ।